चीनले बीआरआईमा पुनर्विचार गर्ने संकेत

एजेन्सी : चीनले आफ्नो अति महत्वाकांक्षी पूर्वाधार परियोजना बेल्ट एन्ड रोड इन्सिएटिभमा देखिएका चुनौतीहरूलाई स्वीकार गरी यसमा परिमार्जन गर्ने संकेत दिएको छ ।

अन्तर्राष्ट्रिय आर्थिक विनिमयका लागि चीन केन्द्रको सूचना विभागका उपनिर्देशक वांग जुनले विभिन्न देशका विभिन्न चरणमा विकासको ध्यान कता तिर हो त्यसको आधारमा विशेष गरी जुन देशमा सरकार परिवर्तत हुन्छ त्यस देशमा विकासलाई बुझेर परिवर्तन गरिने बताए ।

यी देशले परियोजनाका लागि गर्ने समन्वयका आधारमा यसका रणनीतिक समायोजनहरू चीनले गर्न सक्ने उनले जनाए ।

चीन पाकिस्तान आर्थिक करिडोरका लागि पाकिस्तान सरकारलाई दिइने सन्दर्भमा सार्वजनिक अभिव्यक्ति पछि चीनको तर्फबाट बीआरआईका बारेमा यस्तो जानकारी सार्वजनिक भएको हो ।

पाकिस्तानको निकटतम सहयोगीको रूपमा चीन रहेको छ ।

पाकिस्तानको भ्रमणमा चिनियाँ विदेशमन्त्री वांग यी रहेका बेला पाकिस्तानको तर्फबाट चीनलाई ६० अर्ब अमेरिकी डलर बराबरको सहयोग गर्न भनिएको थियो ।

त्यतिबेला चीन चकित भएको थियो । पाकिस्तानले बेल्ट एन्ड रोडसहित उत्पादनमूलक क्षेत्र तथा गरिबी निवारण कार्यक्रमका लागि  यो सहयोग गर्न भनेको थियो ।

चीनका अतिरिक्त पाकिस्तानले आईएमएफबाट पनि जमानत रकमको प्याकेजको माग गरेको छ ।

मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले २६ अर्ब अमेरिकी डलर बराबरको चिनियाँ लगानीको परियोजनालाई खारेज गरेका थिए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?