सनी लियोनीलाई ‘गेम अफ थ्रोन्स’ का नाममा फेक अफर आएपछि…

मुम्बई । सनी लियोनीले एक अन्तर्वार्तामा आफूलाई विश्वभर चर्चित ‘गेम अफ थ्रोन्स’ बाट अफर आएको बताएकी छिन् । तर सनीले उक्त भूमिका भने निभाइनन् ।

उनले गेम अफ थ्रोन्स र आफ्नो कनेक्सनका बारेमा बोल्दै भनेकी छिन्, ‘मलाई यो फेन्टासी ड्रामा शोबाट अफर आएको थियो, जसका लागि उत्साहित पनि थिएँ, तर अभिनय गर्न पाइन ।’

किन अभिनय गर्नबाट चुकिन् त?

‘एक दिन मलाई म्यासेज आयो, उक्त व्यक्तिले भने, मलाई थाहा छ कि, हामीले अन्तिम समयमा आएर भनिरहेका छौँ तर हामीले यो ड्रामामा तपाईंलाई कास्ट गर्न चाहन्छौँ’, सनीले भनेकी छिन्, ‘यो अफर सुनेर म हैरान भएकी थिएँ, ओ माइ गड, यस्तो कसरी हुनसक्छ?’

पछि उनले एउटा लिंक पठाए । पछि थाहा भयो कि, त्यो सनीलाई आएको फेक कल थियो । कसैले सनीलाई प्रयाङ्क गरेका थिए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?