रुस्दीमाथि हमलाबारे इरानको टिप्पणी हास्यास्पद : बेलायत

लोकपथ
63
Shares

काठमाडौं । उपन्यासकार सलमान रुस्दीमाथि भएको हमलामा उनी आफू नै जिम्मेवार भएको भन्ने इरानको भनाइप्रति बेलायतले आपत्ति जनाएको छ । ‘हमलाको लागि रुस्दी जिम्मेवार थिए भन्नु हास्यास्पद हो’, बेलायती प्रधानमन्त्री बोरिस जोनसनका प्रवक्ताले भने । यसअघि सोमबार इरानको विदेश मन्त्रालयले आक्रमण हुनुमा लेखक स्वयं दोषी रहेको ठहर गरेको थियो ।

प्रवक्ताले पत्रकारहरूलाई भने, ‘सलमान रुस्दी आफूमाथि भएको यो घृणित आक्रमणको लागि कुनै पनि हिसाबले जिम्मेवार थिए भन्नु हास्यास्पद हो ।’

उनले अगाडि थपे, ‘ यो उहाँमाथिको आक्रमण मात्रै थिएन । यो अभिव्यक्ति र अभिव्यक्तिको स्वतन्त्रतामाथिको आक्रमण थियो । बेलायत सरकार उहाँ र उहाँको परिवारको पक्षमा उभिएको छ । तर, हामी विश्वव्यापी रूपमा अभिव्यक्ति स्वतन्त्रताको रक्षामा उभिन्छौँ ।’
यसअघि इरानी सञ्चार माध्यमहरुले रुस्दीका आक्रमणकारीको प्रशंसा गरेका थिए ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?