कहिले रिलिज हुँदैछ ‘ठग्स अफ हिन्दुस्तान’ को ट्रेलर?

मुम्बई । बलिउड फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ ले यतिबेला धेरैको ध्यान खिचेको छ । यो फिल्ममा अमिताभ बच्चनको रोल कस्तो होला भन्ने लामो समयदेखि चर्चा थियो । अन्ततः पोस्टर सार्वजनिक गर्दै अमिताभको लूक सार्वजनिक गरिएको छ ।

फिल्ममा अमिताभ खुदाबक्सको भूमिका देखिँदैछन् । फिल्म ८ नोभेम्बरमा रिलिज हुँदैछ ।

फिल्मको पूरै काम अझै सकिएको छैन । विजय कृष्णा आचार्यले निर्देशन गरेको यो फिल्ममा पहिलोपटक आमिर खान र अमिताभ बच्चनलाई देख्न पाइने भएको छ । फिल्ममा क्याटरिना कैफ पनि महत्त्वपूर्ण भूमिकामा छिन् ।

सबैभन्दा पहिले फिल्म युनिटले अमिताभ बच्चनको लूकलाई प्रस्तुत गरेको थियो । फिल्मको ट्रेलर चाहिँ २७ सेप्टेम्बरमा रिलिज हुँदैछ । ट्रेलर रिलिज मितिको जानकारी क्याटरिनाले ट्वीटरमार्फत नै दिएकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?