भारत एशिया कपको फाइनलमा प्रवेश, अफगानिस्तान उपाधि होडबाट बाहिरियो

एजेन्सी । भारत संयुक्त अरब इमिटरेट्स ‘युएई’ मा जारी एशिया कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । 

सुपर ‘फोर’को खेलमा भारतले चिरपरिचित प्रतिद्वन्दी पाकिस्तानलाई ९ विकेटले पराजित गर्दै अन्तिम दुईको यात्रा तय गरेको हो । 

भारतका लागि कप्तान रोहित शर्मा र शिखर धवनले शतक प्रहार गरेका थिए। यस अघि भारतले सुपर ‘फोर’को पहिलो खेलमा बंगलादेशलाई पराजित गरेको थियो।  पाकिस्तानले दिएको २ सय ३८ रनको लक्ष्य भारतले ३९ दशमलब ३ ओभरमा मात्र १ विकेट गुमाउँदै निर्धारित लक्ष्य पूरा  गर्‍यो । 

भारतको लागि धवनले १ सय १४ रन तथा रोहित १ सय ११ रनको नटआउट योगदान दिए ।  टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ३७ रनको योगफल तयार पारेको थियो । पाकिस्तानका लागि सोएब मल्लिकले सर्वाधिक ७८ रन बनाएका थिए । 

यता, लगातार दुई खेल हारेपछि अफगानिस्तान भने फाइनल होडबाट बाहिरिएको छ। बंगलादेशले अफगानिस्तानमाथि ३ रनको रोमानञ्चक जित निकाल्दै फाइनलमा पुग्ने सम्भावनालाई कायमै राखेको छ। 

सुपर ‘फोर’को खेलमा भारत र अफगानिस्तान तथा पाकिस्तान र बंगलादेशबीच खेल हुनेछ। पाकिस्तान र बंगलादेशबीच विजयी हुने टोली फाइनल पुग्नेछ। पाकिस्तान र बंगलादेशले एक—एक खेल जितेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?