छोरीका कारण अब अभिषेक बच्चनले खेल्ने छैनन् यस्ता फिल्म

मुम्बई । बलिउड अभिनेता अभिषेक बच्चनले ‘मनमर्जिया’ का साथ कमब्याक गर्दैछन् । यही फिल्मसँगै अभिषेकले अब केही फिल्ममा काम नगर्ने महत्त्वपूर्ण फैसला लिएका छन् ।

भारतको एक मिडियाको समाचारअनुसार जुन फिल्मले आफ्नी छोरी आराध्यालाई चोट पुग्छ, त्यस्ता फिल्ममा उनले काम गर्ने छैनन् ।

आराध्या यो जान्दछिन् कि, उनका बुबा–आमा कलाकार हुन् । अभिषेकले भनेका छन्, ‘समय र उमेरसँग हामीले आफूले गर्ने काम पनि बदल्दै लैजान्छौँ, अब मैले पनि तय गरेको छु कि, ती फिल्ममा मैले काम गर्ने छैन, जुन फिल्मले छोरीलाई चोट पु–याउन सक्छ, चाहे त्यो रोमान्टिक हो, या एक्सन ।’

उनी चाहन्छन् कि, फिल्मको कन्टेन्ट छोरीलाई देखाउँदा कुनै हिच्किचाहट नहुने खालको हुनुपर्छ ।

अभिषेक आफ्नी छोरीको बारेमा बताउँदै भन्छन्, ‘आराध्या यो समय आफ्नो कार्टुन र पढाइमा समय बिताउने गर्छन्, मलाई टिभीमा देख्दा उनले पहिचान गर्न सक्छिन्, पछिल्लो समय उनले ऐश्वर्याको फिल्म फन्ने खान हेरेकी थिइन् ।’

मनमर्जियामा अभिषेकसँग विक्की कौशलले पनि मुख्य भूमिका निभाउँदै छन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?