काठमाडौं । अखिल नेपाल फुटबल संघ ‘एन्फा’ को निर्वाचनको क्रममा लाखौं रुपैयाँ भ्रष्टाचार भएको मणि कुँवरले बताएका छन् ।
‘एन्फा’ चुनावको दौरान कर्मा छिरिङ शेर्पाको नेतृत्वले लाखौँ रुपैयाँ भ्रष्टाचार गरेर चुनाव जितेको कुँवरको आरोप छ ।
गत बैशाख २२ गते भएको ‘एन्फा’ चुनावमा पराजित उम्मेदवार कुँवरले चुनावका क्रममा भ्रष्टाचार भएको र त्यसको प्रमाण आफूसँग भएको दावी गरे । निर्वाचन भएको करिब ४ महिनापछि कुँवरले शेर्पाको नेतृत्वमा ६ बुधामा भ्रष्टाचार गरेको आरोप लगाएका हुन् ।
‘‘म सँग चार वटै बुधाको लागि प्रयाप्त प्रमाण छ, एन्फा चुनाव अगाडि निर्वाचित प्रतिनिधिलाई आर्थिक प्रलोभनमा पारेको, विभिन्न प्रतिनिधिलाई मोटो रकम वितरण गरेको, न्यायालयलाई समेत आर्थिक प्रलोभनमा पारेको, निर्वाचित कमिटीलाई पनि किनेको म सँग प्रमाण छ’ उनले भने ।
‘एन्फा’को चुनावमा अन्तिम समयमा सहभागी नहुने घोषणा गरेका कुँवरले त्यतिबेला रहेका सुमन केसी र राजभाई मानन्धरले आर्थिक लेनदेन गरेको आरोप समेत लगाए । यसबारे उनले गएको अगष्ट ८ तारिखमा फुटबलको सर्वोच्च निकाय ‘फिफा’ र एएफसीलाई पत्र पठाएको र एएफसीबाट फिफाको इथिक्स कमिटीमा फरवार्ड भइसकेको उनले बताए ।
कुँवरले नेपालको न्यायालय नै विकेको गम्भीर आरोप पनि लगाए । ‘एन्फा’को निर्वाचनको केहि दिनअघि कुँवर पक्षले जिल्ला अदालत काठमाडौंमा दायर गरेको मुद्दा अदालतले दरपीठ गरेको थियो ।
उनले अदालतमाथि लागेको आरोप प्रमाणित नभए त्यसले निम्त्याउने परिणाम ब्यहोर्न आफु तयार रहेको समेत जानकारी दिए ।
उनले शेर्पा ‘एन्फा’मा निर्वाचित भएपछि पनि अनियमितता भइरहेको दावी गरे । ‘‘म सँग यथष्ट प्रमाणहरु छ, यो निर्वाचनमा ठूलो भ्रष्टाचार प्रमाणित हुने र प्रमाणसहित न्यायालयमा जाने छु’’ उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया