काठमाडौँ । नेपाली राष्ट्रिय टोलीका डिफेन्डर रवीन श्रेष्ठले चार वर्षपछि हुन लागेको शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल गुमाउने भएका छन् ।
नेपाल पुलिस क्बलसँग आवद्ध श्रेष्ठ २०७४ वैशाखमा एएफसी एशियन कप छनोट खेलमा फिलिपिन्ससँग खेल्ने क्रममा हल्चोक मैदानमा घाइते भएका थिए । त्यतिबेला उनको ग्रान्डी अस्पतालमा घुँडाको शल्यक्रिया गरिएको थियो ।
त्यसपछि निरन्तर मैदान बाहिर रहेका उनी १८औँ एशियन खेलकूद प्रतियोगिताको तयारीका लागि थाइल्याण्ड गएको टोलीमा समावेश थिए । थाइल्याण्डमा त्यहाँको यु–२३ टोलीसँगको खेलमा उक्त चोट पुनः बल्झिएपछि उनी मैदान बाहिर रहँदै आएका छन् ।
घुँडाको चोटका कारण उनले यसपटकको लिग गुमाउने नेपाल पुलिस क्लबका प्रशिक्षक अनन्त थापाले बताए । पुलिस क्लबले असोज १३ गतेदेखि शुरु हुने लिगका लागि अखिल नेपाल फुटबल संघ ‘एन्फा’मा बुझाएको अन्तिम खेलाडी नामावली सूचीमा श्रेष्ठको नाम समावेश छैन ।
नेपाल पुलिस टिम
अर्पन कार्की, रोशन खड्का, शत्रुघन चौधरी, अजित भण्डारी, दिनेश राजवंशी, विक्रम धिमाल, बुद्ध लामा, सुरज घिमिरे, अर्विन, मानबहादुर परियार, सन्तोष हेमरोन, भोला सिलवाल, हेम तामाङ, तेज तामाङ, अभिशेक रिजाल, दिनेश गुरुङ, रवी पासवान, सुमन लामा, रेजिन शुब्बा, भरत शाह, हरी कठायत, निरकुमार राई, तिर्थबहादुर राना
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया