काठमाडौं : अमेरिकी डलरसँग नेपाली रूपैयाँको सटहीदर फेरि बढेको छ ।
नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलरको खरिददर ११५ रूपैयाँ ९२ पैसा र बिक्रीदर ११६ रूपैयाँ ५२ पैसा पुगेको छ । हिजो सोमबार डलरको खरिददर ११५ रूपैयाँ २२ पैसा र बिक्रीदर ११५ रूपैयाँ ८२ पैसा तोकिएको थियो।
युरो १ को खरिददर १३६ रूपैयाँ ३८ पैसा र बिक्रीदर १३७ रूपैयाँ ९ पैसा, पाउन्ड स्ट्रलिङ १ को खरिददर १५२ रूपैयाँ ३१ पैसा र बिक्रीदर १५३ रूपैयाँ १० पैसा तोकिएको छ । केन्द्रीय बैंकका अनुसार साउदी रियालको खरिददर ३० रुपैयाँ ९१ पैसा र बिक्रीदर ३० रुपैयाँ ७ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ८४ पैसा र बिक्रिदर ३२ रुपैयाँ रहेको छ ।
युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ ५६ पैसा र बिक्रिदर ३१ रुपैयाँ ७३ पैसा कायम गरिएको छ । मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ७ पैसा र बिक्रिदर २८ रुपैयाँ २२ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ३८ पैसा र बिक्रिदर १० रुपैयाँ ४३ पैसा रहेको छ ।
कुवेती दिनार एकको खरिददर ३८३ रुपैयाँ छ भने बिक्रिदर ३८४ रुपैयाँ ९९ पैसा कायम गरिएको छ । बहराइन दिनार एकको खरिददर ३०७ रुपैयाँ ४७ पैसा र बिक्रिदर ३०९ रुपैयाँ ६ पैसा तोकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया