विकासोन्मुख राष्ट्रको अन्तरराष्ट्रिय बीमा सम्मेलन अाजदेखि काठमाडाैंमा शुरू हुँदै

काठमाडाैं : २९ वटा विकासोन्मुख राष्ट्रका बीमा कम्पनीहरूको २१ अाैं अन्तरराष्ट्रिय सम्मेलन अाजदेखि नेपालको राजधानी काठमाडाैंमा शुरू हुँदैछ । 

दुर्इ दिनसम्म चल्ने यो सम्मेलनको अायोजना विकासशील राष्ट्रका बीमा र पुनर्बीमा कम्पनीहरूको संगठन (एअार्इअारडीसी) ले गरेको हो ।

यो सम्मेलनमा करिब २ सय जना विदेशी बीमा सरोकारवालाहरू, बीमा क्षेत्रको नियामक निकायका प्रतिनिधी र विदेशी बीमा विज्ञहरूको सहभागीता रहनेछ ।

सम्मेलनमा प्राकृतिक विपत्तिको जोखिम न्यूनिकरण, बीमा कम्पनीहरूको डिजिटलार्इजेशन, मार्इक्रो र्इन्स्योरेन्सलगायतका बिषयमा विज्ञहरूले कार्यपत्र पेश गर्नेछन् ।

काठमाडाैंस्थित सोल्टी क्राउन प्लाजामा हुने सम्मेलनको खर्च बीमा समिति र बीमक संघले गर्ने जनाएको छ । 

सम्मेलनमा हुने आर्थिक खर्चको व्यवस्थापन बीमा समिति र बीमक संघले गर्ने बताइएको छ । सम्मेलन काठमाडौंस्थित सोल्टी क्राउन प्लाजामा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?