कमजोर जलविधुत कम्पनीको अार्इपीअो निष्काशन रोक्न लगानीकर्ताको माग

काठमाडाैं : नेपाली पूँजीबजारका लगानीकर्ताहरूले कमजोर रेटिङ भएका जलविधुत कम्पनीहरूलार्इ अार्इपीअो निष्काशनमा बन्देज लगाउन सरकारसँग माग गरेका छन् । 

क्रेडिट रेटिङ-५ भएका जलविधुत कम्पनीहरूलार्इ अार्इपीअो निष्काशन गर्न नदिन लगानीकर्ता संघका प्रतिनिधीहरूले उर्जामन्त्री बर्षमान पुनसँग अाग्रह गरेका हुन् । 

जलविधुत कम्पनीको बेथितीका कारण शेयर बजारमा समेत नकारात्मक असर परेको उल्लेख गर्दै संघले उर्जामन्त्रीलार्इ ९ बुँदे लिखित मागपत्र नै पेश गरेको छ । 

यस्ता छन् माग : 

  • र्इक्वीटीको ३०% भन्दा बढी शेयर निष्काशन गर्न नपाउने व्यवस्था अावश्यक
  • कम्पनीले ऋण नतिर्दै अर्को कम्पनी सञ्चालन गर्न नपाउने
  • बैंकसँगको कर्न्सोर्टियम लोन र विधुत प्राधिकरणसँग पीपीएमा प्रश्तुत गरेको अार्थिक तथ्यांकभन्दा बढी नहुने गरि अार्इपीअो निष्काशन गर्नुपर्ने, 
  • प्रतिमेगावाट १८ करोड रूपैयाँभन्दा बढि लागत लगाएका कम्पनीलार्इ अार्इपीअो निष्काशनमा बन्देज लगाउनुपर्ने,
  • जलविधुत कम्पनीहरूलार्इ नियमन गर्न नियामक निकायको व्यवस्था गर्नुपर्ने, 
  • जलविधुत कम्पनीलार्इ ३० बर्षपछि सरकारीकरण गर्दा सर्वसाधारणको लगानीबारे नीतिगत व्यवस्था गर्नुपर्ने, 
  • सुनकोशी क्यासकेट अायोजनामा सर्वसाधारणको लगानी सुरक्षित गरार्इदिनुपर्ने, अादि ।

लगानीकर्ताले पेश गरेको माग कार्यान्वयनका लागि अाफुले तत्काल पहल गर्ने उर्जामन्त्री पुनले अाश्वासन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?