महालक्ष्मी विकास बैंकको एजीएम असोज् २६ गते, १५% लाभांश दिने

काठमाडाैं : अाफ्ना शेयरधनीलार्इ १५% लाभांश दिनेगरि महालक्ष्मी विकास बैंकले असोज २६ गते साधारणसभा डाकेको छ । 

असोज १३ गतेसम्म कायम शेयरधनीलार्इ लाभांश दिनेगरि महालक्ष्मीले साधारणसभाका लागि असोज् १४ देखि २६ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।

साधारणसभाबाट निर्णय गराएर महालक्ष्मीले ८% बोनस र ७% नगद लाभांश वितरण गर्न लागेको हो । साधारणसभा अल र्इन वन मार्ट, क्राउन ब्यांकेट मिनभवनमा हुनेछ । 

साधारणसभामा कम्पनीले आर्थिक वर्ष २०७४–७५ को वार्षिक प्रतिवेदन र नाफा, नोक्सान, हिसाब लगायतका विवरणहरु पारित र अन्य बैंक तथा वित्तीय संस्था महालक्ष्मीमा गाभिने अवस्थामा त्यससम्बन्धी काम गर्ने अधिकार सञ्चालक समितिलाई दिने एजेन्डा लैजाने जनाएको छ।

महालक्ष्मी बैंकको चुक्ता पूँँजी २ अर्ब ६३ करोड ३७ लाख ९७ हजार रुपैयाँ छ । बोनस वितरणपछि महालक्ष्मीको चुक्ता पुँजी २ अर्ब ८४ करोड ४५ लाख ७९६ रुपैयाँ पुग्नेछ ।

गत आर्थिक वर्षमा यो बैंकले ५६ करोड ११ लाख ३६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । महालक्ष्मीको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ३१ पैसा र प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ ३० पैसा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?