काठमाडाैं : हरेक नेपालीलार्इ शेयरधनी बनाउने दाबीका साथ सरकारले ६ वटा अायोजना अघि बढाउन लागेको छ ।
माथिल्लो त्रिशुली ३ बी (३७ मेगावाट), तामाकोशी पाँचाैं (१०० मेगावाट), भेरी-बबर्इ डार्इभर्सन (४८ मेगावाट), रसुवागढी (१११ मेगावाट), मध्य-भोटेकोशी (१०१ मेगावाट) र साञ्जेन (४२.५ र १४.८ मेगावाट) क्षमताका विभिन्न ६ अायोजनाको शेयर सर्वसाधारण नेपालीलार्इ दिने उर्जा मन्त्रालयले जानकारी दिएको छ ।
जलविधुत अायोजनामा नागरिकलार्इ नै लगानी गर्न लगाउँदा त्यसले अर्थोपार्जनमा सहयोग पूग्ने तथा अायोजना विकासका लागि लगानी खोज्ने समस्या पनि कम हुनेछ । जनताको लगानीबाट बनाउने भनिएका अायोजनाको एकीन लगानी मोडालिटी भने तय भर्इसकेको छैन ।
त्रिशुली ३ बी, तामाकोशी पाँचाै र भेरी बबर्इमा लगानी गर्नका लागि सरकारले पहिलो चरणमा सर्वसाधारणलार्इ अाब्हान गर्नेछ । बाँकी अायोजनाका लागि दोस्रो चरणमा सर्वसाधारणलार्इ शेयर दिने सरकारको योजना छ ।
यी अायोजनाका साथै नागरिकलार्इ शेयरधनी बनाउन सरकारले ३ हजार ५०० मेगावाट क्षमताबराबरका अायोजना अघि बढाउने दाबी गरेको छ । सर्वसाधारणलार्इ नै अायोजनाको शेयर दिँदा चाँडै काम हुने र अार्थिक विकासका लागि समेत सहायकसिद्ध हुने सरकारको बुझार्इ छ ।
सरकारले अब बन्ने यी सबै अायोजनामा नेपाली नागरिकको शेयर हिस्सा ४९% कायम गर्ने सोच बनाएको छ । ५ बर्षमा ५ हजार मेगावाटद विधुत उत्पादन गर्ने लक्ष्य पुरा गर्न पनि नागरिकको लगानी अावश्यक भएको उर्जामन्त्री बर्षमान पुनले बताउँदै अाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया