नेपाललाई एक रजत र कास्य पदक

काठमाडौं । नेपालको पुरुष टिमले ब्रिटिस ओपन इन्टरनेसनल कराँते प्रतियोगितामा रजत पदक जितेको छ । 

ब्रिटिस कराते फेडेरेसनको आयोजनामा युकेको लेचेस्टरमा सेप्टेम्बर २२ देखि २३ तारिखसम्म भएको प्रतियोगितामा नेपालको पुरुष टिमले  कुमुतेतर्फ रजत पदक हात पारेको हो ।

कुमुतेतर्फ नेपालका विनोद शाक्य गुभाजु, विप्लवलाल श्रेष्ठ र सोनाम लामाले प्रतिस्पर्धा गरेका थिए ।

टिम प्रशिक्षकको भूमिकामा समेत रहेका विनोदका अनुसार सोनामले ६० केजीमुनि तौलसमूहमा थप १ कांस्य पनि हात पारे । तेश्रो स्थानका लागि भएको प्रतिस्पर्धामा सोनामले स्कटल्यान्डका खेलाडीलाई हराएको प्रशिक्षक विनोदले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?