दशैंलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले १३ अर्ब रुपैयाँ नयाँ नोट निष्काशन गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले यस वर्ष पनि दशैंलाई लक्षित गर्दै १३ अर्ब रुपैयाँभन्दा बढी नयाँ नोट निष्काशन गर्ने भएको छ । 

हरेक बर्ष जस्तै यस वर्ष पनि नेपाल राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० दरका नोट १३ अर्ब रुपैयाँभन्दा बढी सटही प्रयोजनका लागि निष्काशन गर्ने भएको हो । 

गत वर्ष १२ अर्ब रुपैयाँ जति निष्काशन भएको थियो ।    नेपाल राष्ट्र बैंक थापाथली, राष्ट्रिय बाणिज्य बैंक, कृषि विकास बैंक र नेपाल बैंकका काठमाडौँ विभिन्न ठाउँका झण्डै १६ शाखा मार्फत नयाँ नोट सर्वसाधारणले पाउनेछन् ।  

सर्वसाधारणलाई वितरण गरिने सो रकम बैंकले १२ गते (शुक्रबार) देखि पाउँने भएपनि सर्वसाधारणलाई  भने २१ देखिमात्र वितरण गरिने भएको छ । 

काठमाडौँ बाहिरबाट पनि सरकारी नोटकोष भएको बैंकबाट नयाँ नोट वित्तरण हुनेछ । 

प्रतिव्यक्ति २७ हजार रुपैयाँसम्म नयाँ नोट पाउने भएका छन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?