संघर्षले दिलाएको जेरीजस्तै मिठो सफलता : बबिता बानियाँ यसरी बनिन् ‘जेरी’  (भिडियो सहित)

 

शंकरलौन हजुर धेरैपछि कताबाट झुल्की ? शहर आएर जेरी भइछे हाम्रो गाउँकी टुल्की । आइछौ जेरी बनेर, गाउँमा सबले डाक्थे टुल्की टुल्की भनेर आइछौ जेरी बनेर । 

जेरीहल्का हल्का दोहोरी गाउने गायक भाको रैछ । को भन्या त हाम्रै गाउँको जुठे आको रैछ । मनको धोको फेरम्ला, कस्तो गाउँदो रैछ मैले पनि हेरम्ला मनको धोको फेरम्ला ।

***
यस्तै घम्साघम्सी गर्दै दर्शकलाई लालायित बनाउँछन् बबिता बाँनिया उर्फ ‘जेरी’ र शंकर क्षेत्री । अहिलेका उदीयमान लोक गायक-गायिका । अहिलेका ठिटाठिटीले लोक भाकालाई चटक्कै बिर्सिए, लोक गीतमा विकृति भित्रिएको छ भनेर चर्को आलोचना भइरहन्छ । तर,जेरी र शंकर यसका अपवाद हुन् ।

उनीहरुका गीतमा शुद्ध लोक भाका साथै प्रचुर मात्रामा हाँस्य व्यङ्ग्य हुने भएकाले दर्शकले उनीहरुलाई असाध्यै रुचाउँछन् ।

लोक सङ्गीत मन पराउनेका लागि उनीहरु प्रिय छन् भने कहिल्यै लोक गीत नसुन्नेलाई पनि उनीहरुको गीतले उत्तिकै आकर्षित गर्छ । सुुनौंसुनौं बनाइदिन्छ । 

लोक सङ्गीत मन पराउनेका लागि उनीहरु प्रिय छन् भने कहिल्यै लोक गीत नसुन्नेलाई पनि उनीहरुको गीतले उत्तिकै आकर्षित गर्छ । सुुनौंसुनौं बनाइदिन्छ । जस्तो रमाइलो उनीहरुको गीत उस्तै रमाइलो उनीहरुको व्यक्तित्त्व पनि । दुवै हँसिला अनि मिजासिला । दुवैजनाको केमेस्ट्री मिल्ने भएकाले नै प्राय स्टेजमा दुईजनालाई सँगै रुचाइन्छ । उनीहरुले गाउन शुरु गरेपछि माहोल त आफैं बनिने । हँसाउँदै, नचाउँदै घण्टौंसम्म दर्शकलाई आफूतिर तान्ने क्षमता छ, उनीहरुमा ।

***
सबैकी प्यारी जेरी, साँच्चै जेरीजस्तै रसिली ।

व्यक्तित्तवसँग ठ्याक्कै मिल्ने नाम कसरी रहन गयो भन्ने प्रश्नमा उनी मुस्कुराउँदै भन्छिन् ‘मेरा कुराहरु जेरीजस्तै घुमाउरा अनि मीठा हुन्छन् रे त्यसैले ।’ स्नातक तहमा अध्ययन गर्दैगर्दा उनकी साथीले साङ्गीतिक क्षेत्रमा लागेकालाई एउटा ‘एक्स्ट्रा’ नाम त चाहिन्छ भन्दै उनलाई यो उपनाम दिएकी थिइन् ।‘अहिले उनी यो संसारमा छैनन् तर उनले दिएको नाम रहिरह्यो ।

यसो भन्दै गर्दा उनी केही भावुक देखिइन् ।‘रियल’ नामभन्दा यही नाम बढी चर्चित छ ।’ उनले मुस्कुराउँदै थपिन् ।

सानैदेखि गाउनका सोखिन दुवैजना आफ्नो गाउँको कार्यक्रम, पूजा आदिमा गाइरहन्थे । तर उनीहरुका परिवारलाई यही क्षेत्रमा लागेर पनि जीवन चलाउन सकिन्छ भन्ने थाहा नभएकाले पढाइलाई बढी प्राथमिकता दिन आग्रह गर्थे ।

शंकरलाई आफ्नो परिवारलाई मनाउन त्यति गाह्रो भएन तर जेरीको कथा भने अलि भिन्न छ ।

जेरी जति गुलिई देखिन्छिन् उनको यात्रा त्यति गुलियो रहेन । ११ दिनसम्म भोकै सडकमा सुतेको नमिठो अनुभव उनको मस्तिष्कमा ताजा छ ।

उनलाई साङ्गीतिक क्षेत्रमै केही गर्न मन थियो, केही बन्ने मन थियो । तर परिवारबाट अनुमति नपाएपछि आफ्नो सपना पूरा गर्न उनी काठमाडौं आइन् । आफ्नै मर्जीमा । तर,जेरी जति गुलिई देखिन्छिन् उनको यात्रा त्यति गुलियो रहेन । ११ दिनसम्म भोकै सडकमा सुतेको नमिठो अनुभव उनको मस्तिष्कमा ताजा छ । केही महिनासम्म उनले गाउँमा चिनेको दिदीसँग बसेर काम खाजेपछि मात्र दोहोरी साँझमा गाउने अवसर पाइन् । आफ्नै रुचिको क्षेत्रमा काम पाउँदा उनको खुसीको सीमा रहेन । विस्तारै उनका संघर्षहरु खुकुलो हुँदै गए, सफलताले उनलाई कस्दै माथि लग्यो ।

अहिले उनलाई खुट्टैमा पैसा राखेर ढोग्ने ‘फ्यान’ समेत छन् ।

तीसंघर्षका दिन र आजको दिन सम्झिँदा उनी दङ्ग पर्छिन् ।‘सपना पूरा गर्न घर नछोडेको भए शायद, मैले यति धेरै माया र प्रशंसकहरु पाउने थिइन होला ।’हल्का मुस्कुराउँदैउनले बताइन् ।

अहिले दुवैजनाले सङ्गीतलाई नै आफ्नो कार्यक्षेत्र बनाएका छन् ।

शंकरलाई यतिमै सिमित हुने मन छैन । उनलाई गायन साथै मोडलिङ पनि गर्न मन छ ।

दुवैजनालाई परिवारको सर्पोट पनि छ ।

***

शंकरलाई यतिमै सिमित हुने मन छैन ।

उनलाई गायन साथै मोडलिङ पनि गर्न मन छ । त्यस्तै, जेरीले भने भविष्यमा सङ्गीत साथै व्यवसायलाई पनि सँगै लैजाने योजना बनाएकी छिन् । अहिले चाहिँ दुवैजना देशविदेशमा विभिन्न साङ्गीतिक कार्यक्रम आयोजना गर्नमै व्यस्त छन् । जेरी र शंकरको दोहोरी नेपालमा मात्र नभएर विदेशमा समेत उत्तिकै लोकप्रिय छ । भन्छन् ‘यहाँभन्दा शायद विदेशमै धेरै फ्यानहरु छन् हाम्रा ।’

आँटिली हँसिली र जबरजस्त स्वभावकी जेरी यो प्रश्न सुनेर थोरै लजाईन् । ‘केही छैन एक्लै नि बस्न सक्छु ।’ शंकरको अलिकती सहमती मागेको मुद्रामा जेरी बोलिन् । शंकर जेरीलाई हेर्दै लजाए अनि सहमती दिदै टाउको हल्लाएर 'अँ ' थपे । 

त्यसो त दुवैजना जवान अनि अविवाहित भएकाले प्रेमप्रस्तावहरु पनि नआउने होइनन् । तर, दुवैजना ‘सिङ्गल’ भएको बताउँछन् ।‘विवाहका बारेमा कुनै योजना बनाएका छैनौं’दुवैजनाले एकै स्वरमा एक अर्कासँग नजर साट्दै बताए । ‘विवाहलाई लिएर मेरो छुट्टै सोच छ भन्दै रिजेक्ट गर्दिन्छु ।’ आँटिली हँसिली र जबरजस्त स्वभावकी जेरी यो प्रश्न सुनेर थोरै लजाईन् । 

‘अनि रिजेक्ट गर्दागर्दै समयले पर्खेन भने ?’

‘केही छैन एक्लै नि बस्न सक्छु ।’ शंकरको अलिकती सहमती मागेको मुद्रामा जेरी बोलिन् । 

शंकर जेरीलाई हेर्दै लजाए अनि सहमती दिदै टाउको हल्लाएर 'अँ ' थपे । 

आगामी दिनमा आफ्ना गीतहरुमा केही ‘मोडर्न फ्लेभर’ दिने उनीहरुको सोच छ । तर, गीतको आत्मालाई नमारी । 

आगामी दिनमा आफ्ना गीतहरुमा केही ‘मोडर्न फ्लेभर’ दिने उनीहरुको सोच छ । तर, गीतको आत्मालाई नमारी । किनकि हाँस्यव्यङ्ग्यलाई आधार बनाउँदै शुद्ध लोक भाकामा गाउने यी जोडीलाई लोक सङ्गीतमा आधुनिक शैली हाबी भएको खासै मनपरेको छैन ।

समय अनुसार परिवर्तन आउनु स्वभाविक हो तर, मौलिकता नै बिर्सेरछाडा शब्द, उच्छृङ्खल र भद्दा प्रस्तुति दिएर मात्रै हिट हुन सकिन्छ भन्ने विचारका कट्टर विरोधी हुन् यी दुई ।

त्यस्तो सोच राख्नेहरुका लागि चोटिलो उदाहरण हो शंकर र जेरीको जोडी । किनकि उनीहरुको प्रस्तुति शुद्ध छ । रमाइलो छ । अनि, उत्तिकै लोकप्रिय पनि ।

***

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?