काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले अल्टिच्युड एयरमाथि लगाएको उडान प्रतिबन्ध फुकुवा गरेको छ।
गत भदौ २३ गते शनिबार गोरखाको साामागाउँबाट काठमाडौंको लागि उडेको अल्टिच्युड एयरको नाइन एन–एलएस कलसाइन रहेको हेलिकोप्टर नुवाकोटको मेधाङ गाउँपालिकामा दुर्घटना भएको थियो ।
दुर्घटनामा पाइलट निश्चल केसीसहित ५ नेपाली र एक जापनी नागरिकको ज्यान गएको थियो। हेलिकोप्टर दुर्घटना लगत्तै कम्पनीले भदौ २४ देखि आफ्नो सबै सेवा बन्द गरेको थियो।
त्यसलगतै नेपाल नागरिक उड्डन प्राधिकरणले गत भदौ २४ देखि ‘सेफ्टी एसेस्मेन्ट’ गरी रिपोर्ट पेस गर्न भन्दै उडानमा प्रतिबन्ध लगाएको थियो।
कम्पनीले रिपोर्ट पेस गरेपछि अध्ययन गरेर उडानमा लगाएको प्रतिबन्ध असोज ८ गते आइतवारबाट नै फुकुवा गरिएको प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया