सनराइज बैंकको तीज अफर, पहिलो कारोबारमा १५ प्रतिशतसम्म छुट

लोकपथ
0
Shares

काठमाडौं । महिलाहरुको महान चाड हरितालिका तीज रहेको भाद्र महिना महिलाहरुका लागि विशेष  मानिन्छ । महिलाहरुलाई प्राथमिकता दिँदै आएको सनराइज बैंकले महिलाहरुका लागि यस महिना विशेष योजना ल्याएको छ ।

तीजको लागि महिलाहरुको किनमेल गर्नुपर्ने आवश्यकतालाई मध्य नजर गर्दैै बैंकले भाद्र १ गते देखि भाद्र १७ गतेसम्म सनराइज नारी बचत खाता हुने सम्पूर्ण महिलाहरुलाई पहिलो कारोबारमा १५ प्रतिशतसम्म वा पाँच सय रुपैयाँ नबढ्ने गरी क्यास व्याक दिने व्यवस्था गरेको छ ।

साथै, बैंकले भाद्र महिनाभरि सम्पूर्ण नारी बचत खाता खोल्ने वा खाता भएका नारीहरुले पहिलो वर्षको लागि फ्रि डेविट कार्ड, फ्रि मोवाईल बैंकिङ, फ्रि डिम्याट, फ्रि मेरो सेयर, फ्रि क्रेडिट कार्ड शुल्क तथा गरगहना राख्नको लागि लकर सुविधा लिन सक्नेछन् । जस्मा ५० प्रतिशत छुटको व्यवस्था समेत गरिएको छ ।

सनराइज बैंकले सनराइज नारी बचत खातामा १० हजार रुपैयाँसम्मको प्रसुती खर्च र पाँच लाखसम्मको घातक रोग खर्च दिँदै आएको छ । साथै, स्वास्थ्य योजना अन्तर्गत एक लाख सम्मको स्वास्थ्य बीमासमेत बैंकले दिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?