४९ दिनसम्म समुन्द्रमा हराएर पनि सकुसल

इण्डोनेशीयाका एक किशोर ४९ दिनसम्म समुन्द्रमा हराएर पनि सकुसल भेटिएका छन् । 

इण्डोनेशीयाको विदेश मन्त्रालयले एक वक्तव्य जारी गर्दै उनी अहिले सुरक्षित रुपमा परिवारमा फर्किएको बताएको छ । 

१९ वर्षे अल्डि नोभेल अडिल्याङ् स्थानीय भाषामा रोमपोङ् भनिने माछा समात्ने संरचनामा ‘ल्याम्प किपर’को रुपमा काम गर्थे । 

रोमपोङ् माछालाई जालमा पार्न बसोबास गर्नको मिल्ने सानो झुपडी भएको स्लाब हो । यसलाई समुन्द्री पिँधमा कंक्रिट बनाएर त्यसमा डोरीले बाधिएको हुन्छ । 

अलिल्याङ्को काम एक जेनेटरको सहायताले बल्ने ल्याम्प प्रत्येक रात बल्ब बाल्ने हुने गथ्र्यो । 

जाकर्ता पोष्टको अनुसार उनी रोमपोङ्मा छ महिनासम्म बस्नको लागि उनको कम्पनीसँग अनुबन्धित भएका थिए । साप्ताहिक रुपमा माछा संकलन गर्न आउनेले अर्को पटकसम्मको लागि उनलाई आवश्यक पर्ने खाना, ताजा पानी र इन्धन लियर आउथ्यो ।  

समुन्द्र किनारदेखि १२५ किमी टाढा समुन्द्रमा बाधिएको उनको रोमपोङ् मध्य–जुलाईमा आएको बलियो ठूलो छालले गर्दा डोरीबाट चुडिएर समुन्द्रमा हराएको थियो ।   उनका अनुसार उनी त्यत्रो दिन आफ्नो रोमपोङ्को काठलाई टुक्राउदैं बालेर माछा पकाएर बाँचेका थिए ।

समुन्द्र किनारदेखि १२५ किमी टाढा समुन्द्रमा बाधिएको उनको रोमपोङ् मध्य–जुलाईमा आएको बलियो ठूलो छालले गर्दा डोरीबाट चुडिएर समुन्द्रमा हराएको थियो ।   

उनका अनुसार उनी त्यत्रो दिन आफ्नो रोमपोङ्को काठलाई टुक्राउदैं बालेर माछा पकाएर बाँचेका थिए ।

उनको संरचना त्यत्रो दिन पानीमा तैरिएर गयुममा पुगेको थियो जहाँ उनलाई पनामाको झण्डायुक्त जहाज एमभी आरपेगियोले अगस्ट ३१ मा भेटेको थियो । 

त्यहाँबाट उनलाई जापानको यामागुची प्रिफेक्चरमा रहेको टोकुयामा बन्दरगाहमा लगियो । 

उनले आफू समुन्द्रमा तैरिरहदाँ कयैन जहाजहरु देखेको र तिनको ध्यान तान्ने प्रयत्न असफल भएको बताए । उनका अनुसार पहिले उनको मातृभाषा इण्डोनेशियाली भाषामा कराउदाँ दश वटासम्म जहाज छेउबाट गएको तर पछि अंग्रेजी भाषामा ‘हेल्प’ भनेर कराउदाँ आरपेगीयोको ध्यान तान्न सकेका थिए । 

उनले आफू समुन्द्रमा तैरिरहदाँ कयैन जहाजहरु देखेको र तिनको ध्यान तान्ने प्रयत्न असफल भएको बताए । उनका अनुसार पहिले उनको मातृभाषा इण्डोनेशियाली भाषामा कराउदाँ दश वटासम्म जहाज छेउबाट गएको तर पछि अंग्रेजी भाषामा ‘हेल्प’ भनेर कराउदाँ आरपेगीयोको ध्यान तान्न सकेका थिए । 
जाकर्ता पोष्टको रिपोर्ट अनुसार अल्डि समुन्द्रमा हराउदाँ निक्कै डराएका थिए र उनी समय समय रुन्थे पनि ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?