एनएमबि बैंकले ल्यायो ‘एनएमबि स्मार्ट नारी बचत खाता’

लोकपथ
63
Shares

काठमाडौं । एनएमबि बैंकले देश तथा विदेशमा बस्ने नेपाली महिला वर्गलाई लक्षित गर्दै आकर्षक बचत योजना ‘एनएमबि स्मार्ट नारी बचत खाता’ ल्याएको छ । महिलाहरूलाई बचततर्फ प्रोत्साहित गर्ने र डिजिटल कारोबारमा सक्रिय बनाउने प्रयास स्वरुप बैंकले यो योजना ल्याएको हो ।

‘एनएमबि स्मार्ट नारी बचत खाता’ अन्तर्गत ग्राहकहरूले मेडिकल तथा स्वास्थ्य जाँचमा गरिने डिजिटल भुक्तानीमा वार्षिक पाँच हजार रुपैंयाँसम्म क्यास ब्याक पाउने छन् । त्यसैगरी ग्राहकले निःशुल्क डेबिट कार्ड, क्रेडिट कार्ड, डलर कार्ड, मेरो शेयर, डिम्याटलगायतका सुविधाहरूको फाइदा लिन सक्ने बैंकले जनाएको छ ।

यस योजना अन्तर्गत ग्राहकले रिटेल कर्जा र महिला उद्यमशील कर्जामा कर्जा प्रशाशनिक शुल्कमा शून्य दशमलव २५ प्रतिशत सम्म विशेष छुट पनि प्राप्त गर्न सक्नेछन् । एनएमबि बैंक दि फिनान्सियल टाईम्स, लण्डनको द ब्यान्कर पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी बैंक अफ दि इयर एसिया २०२१ उपाधिबाट सम्मानित भएको बैंक हो ।

बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी बैंक अफ दि इयर नेपाल प्राप्त गरि सकेको छ । बैंकले हाल देशभरी २ सय १ शाखाहरु, १ सय ३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?