यस्तो छ अाजका लागि तोकिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौं : नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलरको खरिददर ११६ रूपैयाँ १ पैसा र बिक्रीदर ११६ रूपैयाँ ६१ पैसा पुगेको छ । युरो १ को खरिददर १३६ रूपैयाँ ६९ पैसा र बिक्रीदर १३७ रूपैयाँ ३९ पैसा, पाउन्ड स्ट्रलिङ १ को खरिददर १५२ रूपैयाँ ६४ पैसा र बिक्रीदर १५३ रूपैयाँ ४३ पैसा तोकिएको छ ।

केन्द्रीय बैंकका अनुसार साउदी रियालको खरिददर ३० रुपैयाँ ९३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ८६ पैसा र बिक्रिदर ३२ रुपैयाँ २ पैसा रहेको छ ।

युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ ५८ पैसा र बिक्रिदर ३१ रुपैयाँ ७५ पैसा कायम गरिएको छ । मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ४ पैसा र बिक्रिदर २८ रुपैयाँ १९ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ३७ पैसा र बिक्रिदर १० रुपैयाँ ४३ पैसा रहेको छ ।

कुवेती दिनार एकको खरिददर ३८३ रुपैयाँ २६ पैसा छ भने बिक्रिदर ३८५ रुपैयाँ २४ पैसा कायम गरिएको छ । बहराइन दिनार एकको खरिददर ३०७ रुपैयाँ ७२ पैसा र बिक्रिदर ३०९ रुपैयाँ ३२ पैसा तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?