काठमाडाैं : मेरो मार्इक्रोफार्इनान्सले अाफ्ना शेयरधनीलार्इ शतप्रतिशत हकप्रद शेयर दिने भएको छ ।
मंगलबार बसेको मार्इक्रोफार्इनान्सको सञ्चालक समिति बैठकले अाफ्ना शेयरधनीसँग हाल भएको शेयरसंख्या बराबर थप शेयर दिने प्रस्ताव अागामी साधारणसभामा लैजाने निर्णय गरेको हो ।
लघुवित्तलार्इ थप सक्षम र सबल बनाउन हकप्रद जारी गर्न लागेको यो वित्तीय संस्थाले जानकारी दिएको छ ।
यो लघुवित्तले केहीअघि १५% बोनस शेयरसमेत घोषणा गरिसकेको छ । बोनस शेयर वितरण गरेपछि हकप्रद जारी गर्ने र चुक्ता पूँजी ६५ करोड ७८ लाख रूपैयाँ पु-याउने कम्पनीको योजना छ ।
यो मार्इक्रोफार्इनान्सले गत अार्थिक बर्षमा ९ करोड ४७ लाख ३४ हजार रूपैयाँ खुद नाफा कमाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया