नेप्सेलार्इ हरियो बनाएका यी हुन् १० बैंक

काठमाडाैं : नेपाली पूँजीबजारमा झन्डै ६ महिनापछि मंगलबार एकैदिन १ अर्ब रूपैयाँभन्दा बढीको शेयर कारोबार भयो । नेप्से कारोबारमा १० वटा बैंकहरूको शेयरले हरियाली छायो । 

यी बैंकहरूको शेयर ५५ रूपैयाँभन्दा बढीले बृद्धि हुँदा लाभांश कुरेर बसेका लगानीकर्ताहरू कारोबारमा एकाएक जुर्मुराए । 

मंगलबार १ अर्ब १२ करोड रूपैयाँ बराबरको शेयर किनबेच भयो । ७ वटा बाणिज्य बैंक र ३ विकास बैंकहरूको शेयरमूल्य पनि अाकर्षक ढंगले बढ्यो । 

सबैभन्दा धेरै भागर्व विकास बैंकको शेयर प्रतिकित्ता १६ रूपैयाँले बढेको छ भने सनरार्इज बैंकको शेयर पनि २१ रूपैयाँले बृद्धि भएको छ । प्रभु बैंक १७ रूपैयाँ, सार्इन रेसुंगा बैंक १८ रूपैयाँ, नेपाल कम्युनिटी ८ रूपैयाँ, जनता बैएंक ११ रूपैयाँ, मेगा बैंक ११ रूपैयाँ, नेपाल बंगलादेश बैंक १२ रूपैयाँ, सिभिल बैंक ९ रूपैयाँ र सेन्चुरी कमर्शियल बैंकको शेयर १० रूपैयाँले बृद्धि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?