न्यून विजकीकरण गरि भन्सार छल्ने व्यापारीमाथी नयाँ ‘रेफरेन्स भ्यालु’को डन्डा

काठमाडाैं : सार्वजनिक वित्त व्यवस्थापनमा स्रोतको अभाव भोगिरहेको सरकारले यसको जोहो गर्न न्यून बिजकीकरण गरि भन्सार छल्ने व्यापारीमाथि कडार्इ गरेको छ । 

सरकारले बजार मूल्यको अध्ययन गरि विदेशबाट अायात हुने सामानमा भन्सार मूल्यांकन व्यापारीले दाबी गर्ने गरेको भन्दा निकै बढार्इदिएको छ ।

भन्सार विभागले हालैमात्र नयाँ सन्दर्भ मूल्यसूची (रेफरेन्स भ्यालु) बढाएको हो । व्यवसायीहरूले भने खरिद गरेको मूल्यभन्दा पनि बढि रेफरेन्स भ्यालु राखिएपछि यसले खुद्रा बजारलार्इ सोझै असर दाबी गरेका छन्। 

नयाँ सन्दर्भसूचीकै दरमा अायातित सामानको भन्सार जाँचपास गर्ने सरकारको तयारी छ । भारतबाट हुने अायातमै पहिलो चरणमा रेफरेन्स भ्यालु लगाउने भएपछि व्यापारीले अाफ्नो अाम्दानी यथावत् राख्न बजारमा तत्काल महंगी बढाउनसक्ने देखिएको छ । 

भदाै २० गते यता तेस्रो मुलुकबाट सिपमेन्ट भएका सामानमा पनि नयाँ सन्दर्भ मूल्यसूची कायम हुनेछ । 

मुख्यगरि निर्माण सामग्री महंगिँदै 

भन्सार विभागले चीनबाट ल्यार्इने झ्यालढोकाको अाल्मुनियम चाैकोशमा ३२ सय अमेरिकी डलर सन्दर्भसूची तोकेको छ । तर चीनबाट प्रतिटन २४ देखि २६ सय डलरमा यस्ता सामान अायात भर्इरहेको व्यवसायीको दाबी छ । 

अब व्यापारीले प्रतिटन २६ सय डलरको दरमा एलसी खोलेमा सरकारले भन्सार मूल्यांकनमा ६ सय डलर समेत थपेर राजस्वको ५०% सम्म जरिवाना गर्ने भएको छ । 

न्यून भन्सार मूल्यांकनका कारण राजस्व गुमेको चिन्ता भर्इरहँदा ब्यापारीहरूले अब अाफुले अायात गर्ने सामानको अधिमूल्यांकन देखाउनुपर्ने भएको छ । 

सरकारले भारतबाट ल्याउने अाल्मुनियम पातामा पनि व्यापारीले दाबी गरेको मूल्यभन्दा ३४  रूपैयाँ (भारू) सम्म बढि सन्दर्भ मूल्य तोकेको छ । व्यापारीका अनुसार भारतबाट अायात हुने प्रति वर्ग मिटर अाल्मुनियम पाताको मूल्य २३ देखि २६ रूपैयाँसम्म पर्छ । तर, भन्सारले भने ५० भारूसम्म भन्सार मूल्यांकन गराएको छ । 

यसैगरि, टायल, तयारी पोशाक, अन्य कपडा र घिउ लगायतक बस्तुमा पनि सरकारले भन्सार मूल्यांकन बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?