काठमाडौं : कालिका पावरले सर्वसाधारणको लागि निष्काशन गरेको प्राथमिक शेयर (आर्इपीओ) अाज बाँडफाँट भएको छ । गोलाप्रथामार्फत भएको बाँडफाँटमा १ लााख १३ हजार १ सय ७७ जना लगानीकर्ताले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् ।
प्रतिशेयर एक सय रुपैयाँको दरले कालिकाले भदौ २८ गतेदेखि असोज १ गतेसम्मको अवधि दिएर ११ लाख १६ हजार कित्ता आर्इपीओ बिक्री खुला गरेको थियो । कालिकाको आर्इपीओमा मागभन्दा ७ गुणा बढी अर्थात ८० लाख ६ हजार ९ सय ९० कित्ताका लागि लगानीकर्ताले आवेदन दिएका थिए । अावेदन परेकोमध्ये १८ हजार ७ सय ८० कित्ता शेयरको अावेदन रद्द भएको छ ।
कम्पनीले कर्मचारीलार्इ छुट्याएको १५ हजार ७ सय ७० कित्ता शेयरमा अावेदन नपरेपछि सो शेयर पनि सर्वसाधारणलार्इ नै बाँडफाँट गरेको छ । सर्वसाधारण लगानीकर्ताले न्युनतम ५० कित्ता र अधिकतम ६ हजार कित्तासम्मको लागि आवेदन दिन पाउने व्यवस्था थियो ।
मागभन्दा धेरै आवेदन परेपछि कालिकाको शेयर धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिकाअनुसार बाँडेको हो । गोलाप्रथाबाट हरेक लगानीकर्ताले १० कित्ता पाउनेगरि शेयर फाँटफाँट भएको छ ।
कम्पनीको प्रति मेगावाट लागत २३ करोड ५० लाख रुपैयाँ रहेको छ भने कुल लागत एक अर्ब ३८ करोड रुपैयाँ रहेको छ। कम्पनीले अबको २९ वर्षसम्म विद्युत उत्पादन गर्न सक्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया