प्रतिब्यारेल कच्चा तेलको मूल्य १०० डलर पुग्ने, उत्पादन बढाउन अोपेकद्वारा अस्वीकार

काठमाडाैं : अागामी पुससम्मभित्र अन्तरराष्ट्रिय बजारमा कच्चातेलको मूल्य प्रतिव्यारेल १०० अमेरिकी डलर नाघ्ने देखिएको छ । अहिले नै ८० डलरबाट माथि लागेको तेलको मूल्यबृद्धिले मंहगीमा फसिरहेका नेपालीलार्इ थप समस्यामा पार्ने देखिएको छ। 

तेल उत्पादन गर्ने प्रमुख राष्ट्र र्इरानमाथि अमेरिकाले प्रतिबन्ध लगाएसँगै अन्तरराष्ट्रिय बजारमा र्इरानबाट तेल अाउन रोकिएको छ । यो अभावलार्इ पूर्ति गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केहीअघि खाडी मुलुकहरूको भ्रमण गरि तेल उत्पादक राष्ट्रहरूको समूह (अोपेक) लार्इ उत्पादन बढाउन अाग्रह गरेका थिए । 

तर, रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले र्इरानमाथि अमेरिकी रवैयालार्इ जवाफ दिन अोपेकलार्इ तत्काल तेल उत्पादन नबढाउन दबाब दिएका छन् । तेल उत्पादक र्इरान, कुवेत र भेनेजुयलामाथि प्रतिबन्ध लगार्इरहेको अमेरिकालार्इ अहिले विश्वमा तेलको अापूर्ति सहज बनाउन सकस परिरहेको छ । 

रूस नेतृत्वको अोपेकले तेलको उत्पादन बृद्धि गर्न अस्वीकार गरेसँगै विश्व बजारमै अहिले तेलको अभाव बढ्दै गएको छ । भारतमा अहिले पेट्रोलको मूल्य झन्डै १४५ रूपैयाँ पुगेको छ । नेपालमा ११४ रूपैयाँमा बिक्रीवितरण भर्इरहेको पेट्रोलको भाउ फेरि बढ्ने निश्चितजस्तै छ । 

हाल अायल निगमले प्रत्येक १५ दिनमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्ने गरेको छ । भारतीय अायल निगमसँग पेट्रोलियम पदार्थ किनिरहेको नेपाल अायल निगमले अाउँदा तीन महिनामा पेट्रोलियम पदार्थको मूल्य भारी मात्रामा बढाउने देखिएको छ । नेपाललार्इ तेल दिर्इरहेको भारतले पनि रूस र खाडी मुलुकबाटै पेट्रोलियम पदार्थ अायात गर्नेगर्छ ।

भारतीय रूपैयाँसँग नेपाली रूपैयाँको स्थिर विनियमदरका कारण मुद्रा सटहीमा नेपाली रूपैयाँले पनि व्यापक अवमूल्यन खेपिरहेको छ । यसको प्रभाव नेपालीको भान्सासम्म परिरहेको छ । तर विदेश गएर बिप्रेषण पठाउने नेपालीलार्इ मुद्रा अबमूल्यन कारण थप फार्इदा पुग्ने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?