एजेन्सी । म्यान्चेस्टर सिटी लिग कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ ।
मंगलवार राति सम्पन्न भएको खेलमा म्यान्चेस्टर सिटीले अक्सफोर्ड युनाइटेडलाई ३-० गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरेको हो । खेलको ३६ औँ मिनेटमा सिटीका लागि गाब्रियल जेससले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए ।
खेलको पहिलो हाफसम्म एक-शुन्य गोलको अग्रता लिएको सिटीले दोस्रो हाफमा थप दुई गोल गर्यो। ७८ औँ मिनेटमा रियाद महारेजले गोल गर्दै क्लबलाई दोब्बर अग्रता दिलाए । एक पक्षिय रहेको खेल सकिनै लाग्दा फिल फोडेनले गोल गरे ।
यता, म्यान्चेस्टर युनाइटेड भने तेस्रो चरणबाटै बाहिरिएको छ । घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा म्यान्चेस्टर युनाइटेड दोस्रो डिभिजनको क्लव डर्बी काउन्टीसँग टाइब्रेकरमा ८–७ गोलले पराजित भएको हो ।
प्रतिस्पर्धात्मक खेलको निर्धारि समयसम्म दुवै क्लबले समान दुई-दुई गोलको बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी शुटआउटबाट गरिएको थियो ।
त्यस्तै, मंगलवार रानि नै भएको अन्य खेलहरुमा ब्लाकपुलले क्विन्स पार्क रेन्जर्सलाई २-० गोल अन्तरले, बर्नमाउथले ब्लाकबर्नलाई ३-२ गोल अन्तरले, फुलह्यामले मिलवाललाई ३-१ गोल अन्तरले तथा नर्विचले विकेम्बलाई ४-३ गोल अन्तरले पराजित गर्यो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया