काठमाडौं । शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको तयारीमा रहेको साबिक विजेता मनाङ मस्याङदी क्लबले नयाँ प्रायोजक पाएको छ ।
सात पटकको ‘ए’ डिभिजन लिग च्याम्पियन मनाङ मस्याङदीले लिगको लागि मुख्य प्रायोजकको रुपमा सिग्नेचरसँग प्रायोजन सम्झौता गरेको हो ।
मनाङले सिग्नेचरसँग कति रकममा प्रयोजन सम्झौता गरेको हो त्यो भने खुलाएको छैन् । नयाँ सम्झौतासँगै मनाङले लिगमा सिग्नेचर लोगो अंकित जर्सी लगाउनेछ ।
यसअघि मनाङको मुख्य प्रायोजकमा हुन्डाई रहदैं आएको थियो । तर, हुन्डाईले लिगको समयमा मात्र पैसा उपलब्ध गराउने गरेको कारण सम्झौता तोडेको महासचिब मुखिया गुरुङले बताए । ‘ए’ डिभिजन लिग यहि शुक्रबारबाट शुरु हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया