काठमाडाैं । नेपाली कांग्रेसका नेता एवं समाजवादी चिन्तक प्रदीप गिरीको शनिबार निधन भएको छ । यतिबेला नेपाली कांग्रेसको मुख्यालय सानेपामा श्रद्धान्जली दिनेहरुको भीड छ ।
श्रद्धान्जलीसभामा कांग्रेस मात्र नभएर अन्य राजनीतिक दलका नेताहरुको समेत उपस्थिती रहेको छ । कांग्रेसको शिद्धान्तमा आस्था राख्ने गिरी कांग्रेसका मात्र प्रीय छैनन्, उनको विचार सुन्न कांग्रेस मात्र नभइ कम्युनिष्ट विचार राख्नेदेखि आम सर्वसाधारण समेत उनको विचारबाट प्रभावित छन् ।
हरेक विषयमा राम्रो दख्खल राख्ने गिरी आफ्ना कुराहरु प्रखर रुपमा व्यक्त गर्न सक्ने क्षमता राख्थे । उनको भाषण सुन्नका लागि हरेक मानिसहरु लालायित हुन्थे ।
सबैले जीवनलाई स्वतन्त्र बनाउनुपर्छ भन्ने विचार राख्ने गिरी जीवनको अन्तिम समयमा नेतृत्वमा युवाहरु नआएकोमा चिन्तित थिए ।
केहि समयदेखि घाँटीको क्यान्सरका कारण भारतमा उपचार गराइरहेका उनी साउनको पहिलो साता काठमाडौं फर्किएका थिए । स्वास्थ्यमा समस्या आएसँगै ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचाररत गिरीले शनिबार राति अन्तिम श्वास फेरेका हुन् । आजै पशुपतिस्थित आर्यघाटमा अन्तिम श्रद्धान्जली गरिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया