काठमाडौं । चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ एक हप्ता नुहँदै मंगलबारसम्म २ करोड ३० लाख कमाएको भन्दै सेलिब्रेसन पार्टी गरेको छ । बुधवार ठमेलको एक रेष्टुरेन्टमा निर्माण टिमले सेलिब्रेसन पार्टी दिएको हो ।
साथै निर्माण टिमले दोस्रो फिल्मको घोषणा समेत गरेको छ । इन्टु मिन्टु लण्डनमा फिल्मकी निर्देशक रिनाशा बान्तवा राईले नयनँ फिल्मको घोषणा गरिन् । निर्माण टिमले भने केही समय गोप्य राख्ने भन्दै निर्देशक र कलाकारको नाम खुलाउन चाहेनन् । ‘आइ एम ट्वान्टी वान’ नाम राखिएको फिल्मलाई आउँदो वर्षमा रिलिज गर्ने लक्ष्यसमेत निर्माण टिमले लिएको छ । बुझिएअनुसार यो फिल्मको निर्देशन रिनाशाले नै गर्ने पक्का भएको छ ।
सम्भवतः चलचित्रमा धिरज मगरले अभिनय गर्नेछन् तर नायिकाका बारेमा भने कुनै जानकारी दिइनएन ।
पार्टीमा साम्राज्ञी राज्यलक्ष्मी शाह उपस्थित नभएपछि रिनाशाले दुःख व्यक्त समेत गरिन् । फिल्मकी निर्देशक रिनाशा, निर्माता प्रज्वल शमशेर जबरा, कलाकार धिरज मगर र सारुक ताम्राकार उपस्थित उक्त कार्यक्रममा केक काटेर खुशियाली मनाइएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया