काठमाडाैं : नेपाल राष्ट्र बैंकले दशैंमा पूजाअाजा र दक्षिणाका लागि प्रयोग हुने नयाँ नोट असोज २१ गतेदेखि साट्न पार्इने व्यवस्था गरेको छ ।
एकजना व्यक्तिले २७ हजार रूपैयाँसम्म नयाँ नोट साट्न सक्ने केन्द्रीय बैंकले जारी गरेको सूचनामा उल्लेख छ ।
५, १०, २० र ५० रूपैयाँ दरका २-२ पाकेट र १ सय दरको १ पाकेट नयाँ नोट साट्ने सुविधा मिलार्इएको राष्ट्र बैंकले जनाएको छ ।
यी स्थानमा साट्न पार्इन्छ नयाँ नोट
काठमाडाैं उपत्यकाभित्र
- काठमाडाैं उपत्यकास्थित राष्ट्र बैंकका विभिन्न शाखा,
- नेपाल बैंकको न्यूरोड, कीर्तिपूर, महाराजगन्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपूर शाखा,
- राष्ट्रिय बाणिज्य बैंकको सिंहदरबारप्लाजा, टेकू, नयाँ बानेश्वर, सानोथिमी, विशालबजार, नक्साल, कलंकी र बालाजु शाखा,
- कृषि विकास बैंकको गौशाला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क, स्वयम्भू र मंगलबजार शाखा
उपत्यका बाहिर
- राष्ट्र बैंकको विराटनगर, जनकपूर, बीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढी कार्यालयहरु,
- राष्ट्र बैंकको नोटकोष रहेका बाणिज्य बैंक शाखाहरु,
- नेपाल बैंक, राष्ट्रिय बाणिज्य बैंक र कृषि विकास बैंकका शाखा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया