काठमाडाैं : शेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम गरिरहेका मर्चेन्ट बैंकर र शेयर खरिदबिक्री गरिरहेकाा ब्रोकर कम्पनीहरूले अाफ्ना कर्मचारीलार्इ तोकिएको तलब नदिएको भन्दै उजुरी परेको छ ।
न्यूनतम पारिश्रमिक नै नदिएको जनाउँदै उजुरी परेपछि पूँजीबजार नियामक नेपाल धितोपत्र बोर्डले तोकिएको तलबसुविधा तत्काल भुक्तान गरि ४५ दिनभित्र जानकारी गराउन निर्देशन दिएको छ ।
सरकारले हालै तोकेको न्यूनतम पारिश्रमिकसम्बन्धी कानूनको परिपालना गर्न, कर्मचारीलार्इ वित्तीय क्षेत्रमा दिने अाैसत सेवा सुविधा दिन, कर्मचारीको योग्यता र क्षमताबमोजिम अनिवार्य रूपमा जिम्मेवारी तथा सेवा शर्त खुल्नेगरि नियुक्ति तथा करारको नियुक्तिपत्र दिन बोर्डले शेयर दलाल कम्पनी र मर्चेन्ट बैंकरहरूलार्इ निर्देशन दिएको हो ।
बोर्डले सबै मर्चेन्ट बैंकर तथा शेयर दलाल कम्पनीहरूलार्इ कर्मचारी नियुक्ति, योग्यता, जिम्मेवारी तथा सुविधा सम्बन्धमाा कर्मचारी सेवा शर्त विनियमावली तयार गरी लागु गर्न, सरकारको निर्णयअनुसार गत असार ३२ गते राजपत्रमा प्रकाशित सूचनामा उल्लेखित व्यवस्थाअनुसार अनुमति प्राप्त संस्थामा कार्यरत श्रमिक तथा कर्मचारीलार्इ बैंक खाता मार्फत नै अनिवार्य रूपमा वित्तीय सुविधा भुक्तानी गर्ने व्यवस्था मिलाउन समेत परिपत्र गरेको छ ।
बोर्डले गरेको सुपरीवेक्षणमा पनि मर्चेन्ट बैंकर र ब्रोकर कम्पनीहरूले कर्मचारीलार्इ कानूनसम्मत रूपमा काममा नलगाएको र व्यवसायलाई आवश्यक न्यूनतम योग्यता समेत हासिल नगरेका कर्मचारी भर्ना गरिएको पार्इएको जनाएको छ ।
मर्चेन्ट बैंकर र ब्रोकर कम्पनीहरूले कर्मचारी सेवा शर्त नियमावली नै जारी नगरेको, अाफ्ना कर्मचारीहरूलार्इ न्यूनतम तलबभत्ता नै नदिएको लगायतका उजुरी परेको बोर्डले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया