पूँजीबजारमा थपियो ५ अर्ब रूपैयाँको बोनस शेयर

काठमाडाैं : चालु अार्थिक बर्षको साउनदेखि हालसम्म पूँजीबजारमा १४ वटा सूचिकृत कम्पनीको ५ अर्ब १४ करोड ४७ लाख ९५ हजार ६ सय ८३ रूपैयाँ बराबरको बोनस शेयर 'रजिस्टर्ड' भएको छ । 

नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) का अनुसार यी कम्पनीहरूले ५ करोड १३ लाख ४७ हजार ९ सय ५६.८३ कित्ता बोनस शेयर अंकित मूल्यमा दर्ता गराएका छन् । अघिल्लो अार्थिक बर्षको नाफाबाट वितरित बोनस शेयर दर्ता भएको नेप्सेले जानकारी दिएको छ । 

नियामकले चुक्ता पूँजी बृद्धिका लागि नयाँ व्यवस्था गर्दै गएपछि बैंक तथा वित्तीय संस्थाहरूले त्यसैको दबाबमा चार गुणासम्म चुक्तापूँजी बढाएका थिए । यसले गर्दा बजारमा शेयरको अधिक अापूर्ति भएको हो ।

हिमालयन बैंकले सवैभन्दा धेरै १ करोड २९ हजार ५९ कित्ता बोनस शेयर रजिस्टर्ड गरेको छ भने सूर्योदय लघुवित्त कम्पनीले ७६ कित्ता बोनस शेयर दर्ता गराएको छ । 

कम्पनीहरूले बोनस शेयरलार्इ प्राथमिकता दिएपनि अहिले बजारमा थपिएको शेयरको संख्याअनुसार माग भर्इरहेको छैन । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?