एजेन्सी : चीन र रूसलगायत मुलुकसँग गरिरहेको व्यापार युद्धमा अमेरिका पराजित हुने युरोपेली बैंकले दाबी गरेको छ ।
व्यापार युद्धलार्इ प्राथमिकता दिँदा अाउँदो एक बर्षमै अमेरिकाको अार्थिक क्रियाकलापहरू २ प्रतिशतभन्दा बढी अंकले घट्ने जनाउँदै युरोपेली केन्द्रीय बैंक (इसीबी) अनुसन्धाताहरूले राष्ट्रपति ट्रम्पको अमेरिका प्रथम नीति प्रत्युत्पादक हुने अांकलन गरेका हुन् ।
व्यापार युद्धका कारण अमेरिकाले स्वदेशलार्इ चाहिने सामान उत्पादन अमेरिकाभित्रै उत्पादन गर्दा अन्य देशमा अमेरिकी सामान पर्याप्त जान नसक्ने र यो अवसरको फार्इदा चीनले लिने इसीबीले प्रक्षेपण गरेको छ । अमेरिकी सामान जान नसक्ने देश र क्षेत्रमा चीनले अाफ्नो सामान पठाउने र ती देशले पनि सस्ता चिनिया सामान किन्ने अांकलन गरिएको छ ।
इसीबीका अध्यक्ष मारियो ड्रागीकै अांकलनलार्इ समर्थन गर्दै विश्व व्यापार संगठन (डब्ल्युटीअो) का प्रमुख रोबर्टो अाज्भेडोले पनि अमेरिकाको पछिल्लो नीतिले विश्व अर्थतन्त्रलार्इ संरक्षणवादको भयानकतातर्फ धकेलेको दाबी गरेका छन् ।
अमेरिकाले हाल सबै मुलुक र पक्षलार्इ व्यापार युद्धमा धकेलेकाले युद्धपछिको अार्थिक ढाँचामा अमेरिकाले काम गर्न नसक्ने इसीबीले निर्क्याैल निकालेको छ । हाल अमेरिकाले अधिकांश अायात गर्ने बस्तुमा १० प्रतिशत कर लगार्इरहेको र त्यसले अमेरिकी व्यापार साझेदारहरूलार्इ पनि सोही बाटो अंगाल्न बाध्य बनाउने अनुसन्धाताहरूले बताएका छन् ।
विश्व महाशक्तिले चालेको पछिल्लो करबृद्धि कदमले विश्व व्यापारमा प्रत्यक्ष असर गर्ने र सार्वजनिक तथा वित्तीय बजारको अात्मविश्वास समेत गुम्ने निष्कर्ष निकालिएको छ । यसको प्रभाव अन्तत : विश्वकै शेयर बजारमा पर्ने र अमेरिकी बजारमा मात्रै १६ प्रतिशतभन्दा बढिले गिरावट अाउने बतार्इएको छ ।
उत्साह र अाक्रोशका साथ व्यापार युद्धमा अोर्लिएको अमेरिकी कदमले विश्वकै अर्थतन्त्रमा तीन बर्षपछि १ प्रतिशतले गिरावट अाउनेछ भने करबृद्धिमा प्रतिशोध हावी भर्इ मानिसको जीवनस्तरमा ह्रास र रोजगारी गुम्ने समस्या विकराल हुने युरोपेली बैंकको दाबी छ ।
अन्य मुलुकबाट अमेरिका अाउने सामान रोकिँदा त्यहाँको उत्पादन प्रणाली स्वदेशकै लागि अावश्यक सामग्रीको उत्पादनमा केन्द्रित हुने र फलस्वरूप: अमेरिकाले हाल निर्यात गर्दै अाएका सामग्रीहरू अन्तर्राष्ट्रिय बजारमा नपुग्दा अमेरिकी व्यापार नै प्रभावित हुनेछ ।
व्यापार युद्धका कारण सृजित बहुअायामिक असर उत्पादक कम्पनीमा पर्ने र उनीहरूको लगानीमा संकुचन र कामदार कटाैती गर्ने स्थिती अाउनेतर्फ पनि युरोपेली बैंकले अमेरिकालार्इ ध्यानाकर्षण गराउन खोजेको छ ।
व्यापार युद्धको यस नाटकीय असरले अन्तरराष्ट्रिय व्यापारका अाधारभूत सिद्धान्तमाथि नै चुनाैती निम्तने र यसको प्रमुख पात्र अमेरिका हुने डब्ल्युटीअोका प्रमुख अाज्भेडाको निष्कर्ष छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया