सिम्रिक एअरले उड्ययन व्यवसाय विस्तार गर्न १ अर्ब ३२ करोड रूपैयाँ उठाउँदै

काठमाडाैं : सिम्रिक एअर प्रालिले अाफ्नो हवार्इ उड्ययन व्यवसाय विस्तारका लागि १ अर्ब ३२ करोड ११ लाख ८० हजा रूपैयाँ बराबरको ऋण लिन लागेको छ । 

स्वदेशी र विदेशी मुद्रामा समेत ऋण लिन लागेको यस कम्पनीलार्इ ऋण रेटिङ गरिरहेको र्इक्रा रेटिङले लामो अविधका लागि लिने ऋणमा ए-४ रेटिङ गरिदिएको छ । यो रेटिङले सिम्रिक कम्पनी प्रालि उच्च जोखिममा रहेको बुझिन्छ । 

सिम्रिकले स्वदेशी मुद्रामा ५८ करोड ६९ लाख रूपैयाँ र ६३ लाख ३० हजार डलर अमेरिकी डलरमा ऋण लिन लागेको हो । लामो र छोटो गरि दुर्इ अवधिका लागि ऋण लिन लागेको यो कम्पनीले हालै क्रेडिट रेटिङसमेत गरार्इसकेको छ । 

लामो अवधिका लागि सिम्रिकले स्थानीय मुद्रामा ४६ करोड ५३ लाख ३० हजार रूपैयाँ ऋण लिन लागेको छ । यस्तै, ९ लाख ७० हजार डलर पनि यही प्रकृतिको ऋण लिनेछ । छोटो अविधका लागि गरिएको क्रेडिट रेटिङमा भने र्इक्राले सिम्रिकलार्इ एलबीबी रेटिङ गरिदिएको छ, यसको अर्थ यो प्रकृतिको ऋण सिम्रिकले समयमैए भुक्तान गर्न सक्छ । 

बाँकी ऋण भने सिम्रिकले लामो अवधिका लागि लिनेछ । उड्ययन व्यवसायी एवं मिडिया उद्यमी क्याप्टेन रामेश्वर थापा सिम्रिक एअरका अध्यक्ष हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?