काठमाडाैं : प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम कार्य्रकमको क्षमता विकास विस्तार गर्न दक्षिण कोरिया सरकारले नेपाललाई ५५ करोड रुपैयाँ सहयोग दिने घोषणा गरेको छ।
अार्थिक सहायतासम्बन्धी समझदारीपत्रमा अर्थ मन्त्रालयका सचिव डा. राजन खनाल र नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क योङ सिकले हस्ताक्षर गरिसकेका छन्।
गुणात्मक र प्रतिस्पर्धी शैक्षिक कार्यक्रम अघि बढाउन तथा प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम कार्य्रकमको गुणस्तर सुधारमा यो रकम खर्च हुने अर्थ मन्त्रालयले जानकारी दिएको छ ।
शिक्षा मन्त्रालयअन्तर्गत व्यावसायिक तालिम तथा सीप विकास परिषद (सीटीइभीटी) ले यो सहायताबाट २ बर्षसम्म कार्यक्रम सञ्चालन गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया