काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)का केलियन एमबाप्पेले खेल सुरु भएको ८ सेकेण्डमै गोल गरेरकीर्तिमान बनाएका छन् ।
एमबाप्पेले फ्रेञ्च लिग वानमा सबैभन्दा छिटो गोल गर्ने मिचेल रियोसँग कीर्तिमान बराबरी गरेका हुन् । यसअघि रियोले पनि ८ सेकेण्डमै गोल गरेका थिए ।
आइतबार राति भएको खेलमा पीएसजीले लिललाई ७-१ गोल अन्तरले हराएको हो ।
पीएसजीलाई जित दिलाउन केलियन एमबाप्पेले ह्याट्रिक गरे । नेयमारले दुई गोल गर्दा लियोनल मेस्सी र आच्रफ हाकिमीले एक एक गोल गरे ।
लिलका जोनाथन बाम्बाले एक गोल फर्काए । पीएसजीको यो लगातार तेस्रो जित हो । पीएसजीले ३ खेलमा ९ अंक जोडेको छ । पीएसजी अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।
लिल ४ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया