अर्थमन्त्रीले राजीनामा दिने चेतावनीसँगै रोकियो बृद्धभत्ता बढाउने पुरक बजेट चर्चा

काठमाडाैं : चुनावमा बृद्धभत्ता मासिक ५ हजार रूपैयाँ पु-याउने प्रतिवद्धतासहित चुनाव लडेको सत्ताधारी (ने.क.पा.) नेतृत्वको सरकारले बजेटमा सो मुद्दा नसमेटेपछि चर्को सार्वजनिक अालोचना भोग्यो । पार्टीका नेता र कार्यकर्ताले नै बृद्धभत्ता बढाउने घोषणाबिनाको बजेटले पार्टीलार्इ धरापमा पारेको प्रतिक्रिया दिएपछि पार्टीका नेताहरू पुरक बजेट ल्याएर भत्ता बढाउने चुनावी अाश्वासन पुरा गर्ने बताउँदै अाएका थिए । 

तर, बजेट अाएको २ महिनामै पुरक बजेट ल्याउँदा सरकारकै अाैचित्यमा प्रश्न उठ्ने तर्कसहित अर्थमन्त्री डा. युवराज खतिवडाले प्रधानमन्त्री केपी शर्मा अोलीसँग कुराकानी गरेपछि तत्काललार्इ पुरक बजेट नअाउने भएको छ । भत्ता नबढाउँदा बृद्धबृद्धाले सराप्न थालेको र गाउँठाउँमा मुख देखाउनै समस्या परेको बतार्इरहेका (ने.क.पा.) का कार्यकर्ताले अब सराप खान र मुख छोपेरै हिँड्नुपर्ने भएको छ । 

बृद्धभत्ता बढाउनबारे पार्टी अध्यक्ष प्रचण्डले सार्वजनिक कार्यक्रममै पुरक बजेटको चर्चा चलाएका थिए । प्रधानमन्त्री अोलीसँग समेत उनले पुरक बजेट ल्याउनेबारे छलफल गरेका थिए । तर, अर्थमन्त्री खतिवडाले प्रधानमन्त्री अोलीलार्इ कन्भिन्स गराएपछि अोलीले नै पुरक बजेट ल्याउन अनिच्छा देखाएका हुन् । 

पछिल्लो पटक प्रचण्डले नै बृद्धभत्ता बढाउन प्रधानमन्त्री अोलीले र्इच्छा नदेखाएको बताएका छन् । प्रधानमन्त्री अोलीलार्इ अर्थमन्त्री खतिवडाले पुरक बजेट ल्याउने हो भने अर्थमन्त्रीका रूपमा अाफु सत्तामा बसिरहनुको कुनै अाैचित्य नरहने गुनासो गरेका थिए ।

पुरक बजेटको मुद्दा चर्किए अाफुले राजीनामा नै दिने संकेत गरेपछि प्रधानमन्त्री अोली पनि पुरक बजेटबाट पछि हटेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?