बैंकमा अधिक तरलता, राष्ट्र बैंकले ५ अर्ब राखिदिने

काठमाडाैं : बैंक तथा वित्तीय संस्थाहरूमा लगानीयोग्य पूँजी (तरलता) अत्याधिक बढेपछि नेपाल राष्ट्र बैंकले असोज् १८ गतेसम्मका लागि ५ अर्ब रूपैयाँ 'रिभर्स रिपो' गरिदिने भएको छ । 

हाल नेपालको बैंकिङ प्रणालीमा ५० अर्ब रूपैयाँभन्दा बढि तरलता थुप्रिएको छ । तर, सोही अनुपातमा कर्जा प्रवाह हुन सकिरहेको छैन । 

बैंकिङ प्रणालीमा धेरै भएकोमध्ये ५ अर्ब रूपैयाँ तान्न केन्द्रीय बैंकले रिभर्स रिपो जारी गरेको हो । बिहिबार दिउँसो ३ जबेसम्म अनलार्इन बिडिङ गर्न राष्ट्र बैंकले सूचना जारी गरेको छ 

७ दिनका लागि असोज १८ गतेसम्म रिभर्स रिपो जारी गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ । रिभर्स रिपो किन्नका लागि बैंक तथा वित्तीय संस्थासँग मास्टर्स रिपर्चेज एग्रिमेन्ट अनिवार्य रूपमा हुनुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?