करीना कपूरको रेडियो शो की पहिलो गेस्ट बन्दैछिन् सन्नी लियोन

मुम्बई । बलिउड अभिनेत्री सन्नी लियोन करीनाको कपूरको आउने शो को पहिलो गेस्ट बन्ने भएकी छिन् । करीना स्वयम् आफ्नो रेडियो शो लिएर फ्यानमाझ आउँदैछिन् । उक्त शोको रेकर्डिङ पनि शुरु हुन थालेको छ ।

भारतीय मिडियाले लेखेअनुसार करीनाको रेडियो शोमा सन्नी लियोन पहिलो गेस्ट बनेर देखा पर्ने भएकी हुन् । दुवैले मुम्बईको एक स्टुडियोमा कुरा गर्दै फिल्म, बिहे र बच्चाका बारेमा कुराकानी गरेका छन् । करीनाको यो कार्यक्रम डिसेम्बरदेखि अन एयर हुनेछ ।

यो कार्यक्रममा करीनाले स्रोताका दुःख सुन्नेछिन् । स्रोताले करीनासँग कुरा गर्ने मौका पाउनेछन्।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?