काठमाडौं । बिहीवार (असोज ११) सुन प्रतितोला ५८ हजार १ सय रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिनको तुलनामा यो तोलामा ३ सय रुपैयाँले घटेकोे हो । अघिल्लो दिन (असोज १०) मा ५८ हजार ४ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।
तेजावी सुन भने ५७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोलामा ७ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया