काठमाडौं । वाणिज्य बैंकहरुमा औषतमा एक दशमलव २० प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक बर्ष २०७८/०७९ मा सञ्चालनमा रहेका २६ वटा वाणिज्य बैंकहरुले ४५ खर्ब ४५ अर्ब १५ करोड ७० लाख रुपैयाँ निक्षेप संकलन गरी ४१ खर्ब ७७ अर्ब ८१ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा एक प्रतिशतको हारामारीमा निष्क्रिय कर्जा देखिएको हो ।
वाणिज्य बैंकहरु मध्येमा २०७९ असार मसानतसम्ममा सबैभन्दा बढी निष्क्रिय कर्जा भने सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकमा रहेको छ । सो बैंकमा दुई प्रतिशत कर्जा निष्क्रिय रहेको छ । अघिल्लो आवमा भने यो बैंकमा यस्तो कर्जाको अनुपात तीन दशमलव सात प्रतिशत रहेको थियो ।
यि बाहेकका एनसीसी बैंक, नेपाल बैंक, सिटिजन्स बैंक इन्टरनेशनलसहितका १५ वटा वाणिज्य बैंकहरुमा भने एक प्रतिशत भन्दा बढी कर्जा निष्क्रिय रहेको छ । अपष्किृत वित्तीय विवरण अनुसार कुमारी, हिमालयन, एभरेष्ट, लक्ष्मी, मेगा, सानिमा, एनआसी एशियासहितका १० वाणिज्य बैंकहरुमा भने निष्क्रिय कर्जाको अनुपात एक प्रतिशत भन्दा कम रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया