लुम्बिनी विकास बैंक लिमिटेड इनरुवा शाखा कार्यालय स्थानान्तरण

लोकपथ
0
Shares

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई सहज रुपमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले हिजो (आईतवार) इनरुवा शाखा कार्यालयको स्थानान्तरण गरेको छ । बैंकले साविकको इनरुवा शाखाभन्दा करिब एक सय मिटर दक्षिणतर्फ रहेको नयाँ भवनमा शाखा स्थानान्तरण गरेको हो ।

उक्त शाखा सुनसरी जिल्लाको इनरुवा नगरपालिका वडा नम्बर १ देवानगन्ज रोडस्थित गोलचोकमा स्थानान्तरण भएको छ । विकास बैंकको स्थानान्तरीत इनरुवा शाखाको उद्घाटन इनरुवा नगरपालिकाका मेयर केदार भण्डारीले गरेका हुन् ।

यसैगरी, कार्यक्रममा इनरुवा नगरपालिका वाडा नम्बर १ का वडा अध्यक्ष प्रमोद पोखरेल, सुनसरी जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष विरेन्द्र शाह तथा उपाध्यक्ष गिरीराज अटलको पनि उपस्थिती रहेको थियो । साथै, बैंकको तर्फबाट, बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहरा, नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी, मुख्य प्रबन्धक दिपक खनाललगायत बंैैकका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

लुम्बिनी विकास बैंक लिमिटेडको हाल देशका सातवटै प्रदेशमा गरी ८६ वटा शाखाहरु सञ्चालनमा रहेका छन् । लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा ” भन्ने नाराका साथ आफ्ना ग्राहकहरुलाई उच्चस्तरीय, आधुनिक एवम् नविनतम प्रविधिहरुसहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पवन ढकालले बताए ।

ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले मुद्दती खातामा मासिक रुपमा ब्याज प्रदान गर्ने बिशेष योजना समेत कार्यान्वयनमा ल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?