एशियन यु–१८ स्कुल फुटबलमा नेपाल पाँचौ

काठमाडौं । भारतमा भएको ४६ औँ संस्करणको एशियन यु–१८ स्कुल च्याम्पियनसिपमा नेपालले पाँचौ स्थानमा चित्त बुझाएको छ । 

आग्रामा बिहीवार भएको खेलमा नेपालले श्रीलंकालाई १-० गोल अन्तरले पराजित गर्दै पाँचौ स्थान हात पारेको हो । नेपालका लागि खेलको ३५ औँ मिनेटमा जय गुरुङले गरेको एक मात्र गोल नै निर्णायक बनेको थियो । 

यस अघि भएको पहिलो खेलमा नेपाल थाइल्याण्डसँग २-० गोलले तथा इन्डोनेशियालसँग २-१ गोलले पराजित भएको थियो भने चीनलाई ३–१ ले तथा अफगानिस्तानलाई १३–१ गोलले हराएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?