धनगढी । गौरा पर्वको अवसरमा सुदूरपश्चिम प्रदेशमा यसवर्ष पनि ‘गौरा महोत्तसव’ हुने भएको छ । डेउडा प्रतिष्ठानको आयोजनामा भदौ १७ देखि १९ गतेसम्म धनगढीमा ‘सुदूरपश्चिम गौरा महात्तसव तथा प्रादेशिक डेउडा प्रतियोगिता २०७९’ हुने भएको हो ।
काली–कर्णालीको पहिचानका रुपमा रहेको डेउडा लोक संस्कृतिसँगै सुदूरपश्चिम प्रदेशको भाषा, कला साहित्य, संस्सकृति, भेषभुषा, रहनसहनको प्रचार–प्रसार, पर्यटन प्रवर्धन एवम् लोक संस्कृतिको पुस्ता हस्तान्तरण गर्ने उद्देश्यले ‘गारौ पर्व’ को आयोजना गर्न लागिएको सांस्कृतिक समिति संयोजक सुरत रावत ‘डोटेली कान्छा’ले बताए ।
प्रादेशिक डेउडा प्रतियोगितामा ९ वटै जिल्लाका सांस्कृतिक झाँकी गौरा प्रदर्शन, लोक बाजाको प्रदर्शन एवम् प्रवर्धन, ९ वटै जिल्लाका कलाकारहरुका लोक नृत्य तथा लोक गायन प्रस्तुति, बाल प्रतिभा प्रवर्धन, लोक संस्कृतिक क्षेत्रमा जीवन समर्पण गर्ने अग्रज स्रष्टालाई सम्मान, चर्चित कलाकारको प्रस्तुति रहने आयोजकले जनाएको छ ।
यस्तै, डेउडा प्रतियोगितामा प्रथम हुनेलाई, २५ हजार १ सय ११, दोस्रो हुनेलाई १७ हजार १ सय ११, तेस्रो हुनेलाई ११ हजार १ सय ११ र सान्त्वना ५ हजार १ सय ११ पुरस्कार रहेको रावतले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया