बन्दको प्रभाव शून्य, सडकमा सवारी जाम (तस्बिरसहित)

लोकपथ
343
Shares

काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित ४ पार्टीले संयुक्त रुपमा घोषणा गरेको नेपाल बन्दको प्रभाव कमजोर देखिएको छ ।

विप्लवसहित ४ दलले गरेको बन्द उपत्यकासहित देशभर प्रभाव सामान्य देखिएको छ ।

बन्दकर्ताबाट हुनसक्ने जोखिम न्यूनिकरणका लागि सडकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ ।

सरकारी शैक्षिक संस्थाहरुसहित सरकारी कार्यालय बन्द रहे पनि अन्य निजी शैक्षिक संस्थाहरु भने सञ्चालनमा रहेका छन् ।

तर सवारी भने निर्वाध रुपमा चलिरहेको छ । काठमाडौं उपत्यकाका सडकमा अन्य दिनसरह सवारी सञ्चालन भइरहेको छ । जसको कारण कार्यालय समयमा अन्य दिनमा जस्तै ट्राफिक जाम समेत देखिएको छ ।

कलंकी भएर पूर्वपश्चिम चल्ने सवारी साधनहरु निर्वाध रुपमा सञ्चालनमा रहेको छ । भने उपत्यका भित्रिने अन्य नाकाहरुबाट समेत निर्वाध रुपमा सवारी साधन चलिरहेको छ ।

विप्लवसहितको समूहले देशका विभिन्न सवारी साधनमा भने आगजनी गरेको छ । भने उपत्यकासहित देशभरबाट बन्दकर्ताहरुलाई प्रहरीले पक्राउ समेत गरिरहेको छ ।

 

तस्बिर : अभिषेक लम्साल

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?