काठमाडौं । भारतीय जनता पार्टी भाजपाकी नेत्री तथा टिकटक स्टार सोनाली फोगाटको मंगलबार हृदयघातका कारण गोवामा निधन भएको छ । उनको निधनले परिवारमा पनि शोक छाएको छ भने फ्यानहरु स्तब्ध भएका छन् । ४२ वर्षको उमेरमा सोनाली यस संसारबाट बिदा भइन् ।
हृदयघातका कारण मृत्यु भएको भनियपनि उनको मृत्युलाई लिएर पनि अहिले विभिन्न प्रश्न उठिरहेको छ । मृत्युअघि सोनालीले आमासँग कुरा गरेकी थिइन् । यसमा उनले आफूमाथि केही भएको बताएकी थिइन् ।
सोनालीको मृत्युपछि उनकी बहिनीले सो कुराको खुलासा गर्दै उनको मृत्यु बारे प्रश्न उठाएकी छिन् ।
सोनालीकी बहिनी रुपेशले सोनालीले आफ्नी आमालाई फोन गरेर खानामा केही गडबड भएको, शरीरमा गडबड भइरहेको, कसैले मलाई केही गरेको जस्तो भएको बताएको कुराको खुलासा गरेकी छिन् । उनको यो खुलासासँगै घटनामा नयाँ मोड आएको छ ।
आम आदमी पार्टीका नेता नवीन जयहिन्दले पनि फोगटको मृत्युमा प्रश्न उठाएका छन् । उनले सोनाली फोगाटको मृत्यु शंकास्पद रहेको बताएका छन् । जयहिन्दले उच्च अदालतका वर्तमान न्यायाधीशबाट छानबिन गर्न माग गरेका छन् ।
सोनाली फोगाटको मृत्युको खबर पाएर उनको परिवार भुटानबाट गोवा गएको छ । २०१६ मा सोनालीका श्रीमान् सञ्जय फोगाट पनि फार्म हाउसमा मृत फेला परेका थिए ।
उनी आफ्नो टिकटक भिडियोलाई लिएर चर्चामा हुने गर्थिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया