काठमाडौं । साउन महिनामा २ सय ११ वटा मात्रै विद्युतीय सवारी भित्रिएका छन् । भन्सार विभागको तथ्यांक अनुसार ६२ करोड रुपैयाँ बराबरका २ सय ११ वटा विद्युतीय सवारीहरु नेपाल भित्रिएका हुन ।
साउनमा सबैभन्दा धेरै विद्युतीय गाडी भारतबाट आयात भएको छ भने त्यसपछि क्रमशः दक्षिण कोरिया र चीनबाट भित्रिएका छन ।
गत आर्थिक वर्षमा १८ सय भन्दाबढी विद्युतीय गाडी आयात भएको थियो। सरकारले विद्युतीय सवारीको करमा छुट गरे पछि विद्युतीय सवारी खरिद गर्ने नेपालीको संख्या क्रमशः बढदै गएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया