काठमाडौं । फेसबुक विश्वको लोकप्रिय सामाजिक संजाल हो । आज हरेक मानिसहरु एक अर्कामा जोडिन फेसबुक चलाउने गर्छन् । फेसबुकाले टाढा रहेका प्रियजनहरुलाई एकै ठाउँमा जोड्ने काम गर्दछ । तर पछिल्लो समय यसको दुरुपयोग गर्नेको संख्या बढ्दो छ । पछिल्लो समय फेसबुकमा डाटा लिक तथा ह्याकिङ्गका घटनाले फेसबुकको सेक्योरिटी तथा प्राइभेसी नीतिमाथि प्रश्न नै खडा गरेको छ ।
प्रयोगकर्ताहरुले फेसबुकमा आफ्नो सुरक्षा र गोपनियतालाई लिएर चिन्ता समेत व्यक्त गर्दै आइरहेका छन् । प्रयोगकर्ताले आफ्नो फेसबुक वा अन्य सामाजिक संजाल ह्याक नहोस् भनेर विशेष ध्यान पुर्याउनुपर्ने हुन्छ । आफ्नो फेसबुक र अन्य सामाजिक संजालको अकाउन्ट सुरक्षित राख्नका लागि तल उल्लेख गरिएका कार्यहरू गर्नुहोस्
१. आफ्नो पासवर्ड सधैं गोप्य राख्नुहोस्
पासवर्ड राख्दा अधिकांस प्रयोगकर्ताले सजिलैसँग सम्झन सकिने र, अरु व्यक्तिहरूले सजिलैसँग अनुमान लगाउने सक्ने प्रकारका पासवर्डहरू राख्ने गरेको भेटिन्छ । यस्ता सजिलै अनुमान लगाउन सकिने पासवर्डको प्रयोग गर्दा प्रयोगकर्ताले आफ्नो अनलाइन गोपनियता र संबेदनशील डेटाहरूलाई जोखिममा राखिरहेका हुन्छन । त्यसैले निकै धेरै प्रचलनमा आएको पासवर्डहरू प्रयोग नगर्नु उचित हुन्छ । हरेक प्रयोगकर्ताको पासवर्ड सकेसम्म बेग्लै हुनुपर्छ र साधारण व्यक्तिले सजिलै अनुमान लगाउन नसक्ने प्रकारको हुनु पर्छ ।
२. दुई कारक प्रमाणीकरण सुचारु गर्नुहोस्
दुई कारक प्रमाणीकरणको ( Two-Factor Authentication ) प्रयोगले अकाउन्टहरू निकै सुरक्षित हुने गर्दछन् । फेसबुकमा दुई कारक प्रमाणीकरण सुचारु गर्नका लागि Security and Login Settings मा गएर Use Two-Factor Authentication भन्ने विकल्प चयन गर्नुहोस् ।
दुई कारक प्रमाणीकरण सुचारु गरेपछि कुनै पनि नयाँ स्मार्टफोन वा कम्प्युटरमा फेसबुक लग इन गर्ने समयमा तपाईंको फेसबुकमा दर्ता भएको नम्बरमा एउटा कोड पठाउछ । उक्त कोडलाई फेसबुकमा हानेपछि मात्र फेसबुकमा लग इन गर्न सकिनेछ ।
३. हालै प्रयोगमा आएको इमेल र मोबाइल नम्बरबाट मात्र फेसबुक प्रयोग गर्नुहोस्
हालमा प्रयोगमा नआएका इमेल र मोबाइल नम्बरबाट आफ्नो फेसबुक अकाउन्ट चलाउनु हुँदैन ।तपाईंको पुरानो नम्बर जारी गरिएको नयाँ व्यक्तिले सजिलैसँग Forgot Password भन्ने विकल्पको प्रयोग गरेर तपाईंको पासवर्ड रिसेट गर्नसक्छ । य
४. सार्वजनिक र अन्य कुनै व्यक्तिको कम्प्युटरबाट सधैं लग आउट गर्नुहोस्
सार्वजनिक कम्प्युटरहरू, जस्तै साइबरमा, फेसबुक वा कुनै पनि अरु सामाजिक संजाल प्रयोग गरेपछि लग आउट गर्ने बानी बसाल्नुहोस् । यसै गरी कहिले पनि धेरै व्यक्तिले प्रयोग गर्ने कम्प्युटरमा पासवर्ड सेभ नगर्नुहोस् । अरु कसैको कम्प्युटरबाट आफ्नो सामाजिक संजाल प्रयोग गर्न जाँदै हुनुहुन्छ भने Incognito / Private Window खोलेर चलाउनु उचित हुन्छ । इनकगनिटो मोडमा प्रयोग गर्दा तपाईंको इन्टरनेट प्रयोगको इतिहास र पासवर्ड केही पनि ब्राउजरमा सेभ गरिएको हुँदैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया