एजेन्सी: मूसासँग सम्बन्धित हेपाटाइटिस इ भाइरसको संक्रमण भएका विश्वकै पहिला व्यक्ति हङकङमा फेला परेका छन् ।
हङकङ युनिभर्सिटीले यसअघि यो रोग मूसाबाट मानिसमा सरेको प्रमाण फेला नपरेको जनायो ।
युनिभर्सिटीका अनुसार मूसाको हेपाटाइटिस इ भाइरस मानिसमा संक्रमित पार्न सक्ने पहिलो केस यो हो ।
यो रोग ५६ वर्षीय हङकङ निवासीमा पाइएको हो । लिभर प्रत्यारोपण गरिएपछि सो लिभरमा समस्या देखिएपछि उपचारको क्रममा यो भाइरसले रोग लगाएको देखियो ।
यो रोग मूसाबाट सरेको अनुसन्धानकर्ताहरूले बताएका छन् ।
हेपाटाइटिस इ मानिसमा लिभर रोग हो । यो रोगबाट वर्सेनी दुई करोडलाई प्रभावित गरेको हुन सक्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
यो प्रदुषित पानीबाट फैलिने गरेको छ । यसका लक्षणमा ज्वरो, वान्ता र जन्डिस हो ।
मूसाबाट सर्ने बुबोनिक प्लेगबाट १९औं शताब्दीमा चीन र हङकङमा धेरै मानिसको ज्यान लिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया